जित्याे एथ्लेटिकाे मड्रिडले, उपाधिकाे छिनाेफानाे अन्तिम खेलबाटै

समाधान संवाददाता २०७८ जेठ ३ गते ९:१०

एजेन्सी

स्पेनिस ला लिगाकाे उपाधि लिग चरणकाे उपाधि अन्तिम तरणबाट मात्रै टुङ्गाे लाग्ने भएकाे छ । मड्रिड वाल दुवै टिम उपाधिकाे हाेडमा छन् । दुवै टिमले अन्तिम खेल जित्नै पर्ने दवावमा छन् ।

एथ्लेटिकाे मड्रिडले अन्तिम खेल जित्याे भने रियलकाे उपाधि उचाल्ने सपना चकनाचुर हुेनछ । यसले हार्याे वा ड्र खेल्याे भने रियलका लागि ढाेका खुल्नेछ । यति हुँदा पनि रियल मड्रिडले अन्तिम खेल जित्नै पर्नेछ । हारले उसलाई उपाधि हाेडमा बाहिर पुर्याउनेछ ।

Advertisement

आईतबार रातीकाे खेलपछि एथ्लेटिको मड्रिड पछिल्लो सात वर्षमा पहिलोपटक स्पेनिस ला लिगा फुटबलमा उपाधिको निकै नजिक पुगेको छ । एथ्लेटिको मड्रिडले ओसासुनालाई २–१ ले पराजित गरेर उपाधि सम्भावना बलियो बनाएको हो ।

घरेलु मैदानमा भएको खेलमा पछि परेको एथ्लेटिकोले शानदार पुनरागमन गर्दै जित दर्ता गरेको हो । ७५ औँ मिनेटमा बुडिमिरको गोलबाट ओसासुनाले अग्रता लिएको थियो ।

Advertisement

८२ औँ मिनेटमा लोडी डोस सान्तोसले एथ्लेटिकोका लागि बराबरी गोल फर्काए । ८८ औँ मिनेटमा लुइस स्वारेजले गोल गरि महत्वपूर्ण जित दिलाएका हुन् ।

लिगको अन्तिम खेलमा डिएगो सिमोनको टिम एथ्लेटिकोले रियल भालाडोलिडसँग प्रतिस्पर्धा गर्ने छ । यो खेलमा विजयी भएमा एथ्लेटिको मड्रिड विजेता बन्ने छ ।

जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ३७ खेलबाट ८३ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको ८१ अंक छ ।

तपाईको प्रतिक्रिया