गाजामा भिषण बमबारी, ४० बढीकाे मृत्यु

एजेन्सी
इजरायल र हमालबीचकाे लडाई जारी रहदा ज्यान गुमाउने प्यालेस्टाइनीहरुकाे संख्या बढी रहेकेा छ । इजरायले गाजा क्षेत्रमा आइतबार पनि आक्रमण जारी राख्याे ।
आइतबारकाे भिषण आक्रमणमा परी अहिलेसम्मकै धेरै व्यक्तिको ज्यान गएको गाजामा रहेका प्यालेस्टाइनी अधिकारीहरुले बताएका छन् ।
इजरायलले गरेको हवाई आक्रमणका कारण ४० जना भन्दा धेरैको आइतबार मृत्यु भएको जागामा रहेका प्यालेस्टाइनी अधिकारीको भनाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायली सेनाका अनुसार प्यालेस्टाइनी विद्रोहीहरुले गएको हप्ताभरमा इजरायलमा तीन हजार भन्दा बढि रकेट प्रहार गरेका छन् ।
सोमबार बिहानै इजरायलले गाजा शहरका विभिन्न क्षेत्रमा ८० वटा हवाई आक्रमण गरेको छ । त्यसअघि हमास बिद्रोहीले इजरायलको दक्षिणी क्षेत्रमा रकेट प्रहार गरेका थिए ।
गएको सोमबारदेखि इजरायल र प्यालेस्टाइनबिचको हिंसा जारी छ । अन्तर्राष्ट्रिय समुदायले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न अपील गरेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्न्टोनिओ गुट्रेसले हिंसा जारी रहेमा मध्यपूर्व क्षेत्र नै गहिरो समस्यामा जाने चेतावनी दिएका छन् । उनले हिंसा तत्काल अत्या गर्न अपील गरेका छन् ।
यस्तै गाजामा इन्धनको अभाव हुन सक्ने चेतावनी पनि संयुक्त राष्ट्रसंघले दिएको छ । मध्य पूर्वको शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघकी डेपुटी स्पेशल कोअडिनेटर लीन हास्टिङ्गसले गाजामा इन्धन आपूर्तिका अनुमति दिन इजरायलसँग अपील गरिएको बताएकी छन् ।
गाजाका अधिकारिका अनुसार शनिबार एकै दिन १० बालबालिका र १६ महिलासहित ४२ जनाको इजरायली हवाई आक्रमणका कारण मृत्यु भएको छ ।
गएको हप्ताको सोमबारदेखि हिंसा सुरु भएयता प्यालेस्टाइनी रकेट आक्रमणका कारण दुइए बालबालिकासहित आफ्नो तर्फ १० जनाको ज्यान गएको इजरायलले जनाएको छ ।
एकहप्ताको अवधिमा गाजामा ५५ बालबालिका र ३३ महिलासहित कुल १८८ जनाको ज्यान गएको छ । हमासको नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार १२ सय ३० जना घाइते भएका छन् । इजरायलले भने मारिनेमा बिद्रोही लडाकुको संख्या बढि रहेको दाबी गरेको छ ।
यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले दुवै क्षेत्रका नागरिकको शान्तिपूर्वक बाँच्न पाउने अधिकार रक्षाका लागि आफूहरुले काम गरिरहेको बताएका छन् । उनले हिंसा अन्त्यका लागि अपील गरेका छन् । हिंसाकै विषयलाई लिएर संयुक्त राष्ट्रसंघमा पनि छलफल हुँदैछ ।








‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया