कास्किकाेट युवा संजालकाे “डाक्टरसंग सरसल्लाह” नियमित

समाधान संवाददाता २०७८ जेठ ३ गते ९:३६

समाधान संवाददाता, पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर २४ को हाम्रो कास्कीकोट युवा संजालले नियमित रूपमा “डाक्टरसंग सरसल्लाह” कार्यक्रम सञ्चालन गरेको छ ।

गत वर्ष विभिन्न ठाउँमा कार्यरत कास्कीकोट सम्बद्ध चिकित्सकहरु विवरण संकलन गरेको संस्थाले यस वर्ष उनीहरूलाई दैनिक रूपमा भर्चुअल कार्यक्रममा उपस्थित गराई परामर्श लिन सकिने व्यवस्था मिलाएको छ ।

Advertisement

बेलुका ६:३० बजे देखि ७:०० बजे सम्मको समय छुट्टयाइएको उक्त कार्यक्रममा कोभिडका बिरामी, शंका लागेका, दिर्घ रोगी तथा अन्य व्यक्तिहरुले आफ्ना स्वास्थ्य सम्बन्धि जिज्ञासा सिधै डाक्टरसंग राख्न सक्छन् । ईन्टरनेटको पहुँच नभएका व्यक्तिहरुले पनि तोकिएको नम्बरमा एसएमएस वा फोन सम्पर्क गरि आफ्ना जिज्ञासा राख्न सक्ने संजालका संयोजक हेम सुवेदी बताउनुहुन्छ ।

हालसम्म डा. सन्तोष अधिकारी, डा. किरण बस्ताकोटी, डा. नवराज बस्ताकोटी र डा. असिम सुवेदीले परामर्श दिइसक्नुभएको र आगामी दिनमा डा. दिपक मल्ल र बिश्वराज बस्ताकोटीले पनि परामर्श दिनुहुने संस्थाका सल्लाहकार संयोजक राम प्रसाद शर्माले जानकारी दिनुभएको छ ।

Advertisement

विशेषगरी कोभिडका बिरामीले लाभ लिन सकुन भन्ने उद्देश्यले संचालन गरिएको उक्त कार्यक्रममा जुनसुकै ठाउँबाट जोसुकै सहभागी हुन सक्ने संस्थाका संस्थापक चन्देश्वर बस्ताकोटी बताउनुहुन्छ । आफ्नो संस्थाले एकदमै राम्रो काम गरेको र आफुले पनि यसबाट लाभ लिईरहेको अर्का संस्थापक बालाहरी शर्मा चुवाई बताउनुहुन्छ ।

कार्यक्रममा प्रत्यक्ष रूपमा अनलाइनमा जोडिन नसक्नेले संस्थाको युट्युब च्यानल मार्फत हेर्न सकुन् भन्ने उद्देश्यले नियमित रूपमा युट्युबमा उक्त कार्यक्रमहरुको भिडियो अपलोड गर्ने गरिएको र सो को जानकारी सामाजिक संजाल मार्फत दिइएको संजालका प्राविधिक संयोजक ई. रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । उक्त भर्चुअल कार्यक्रममा सहभागी हुन तलको लिंक मार्फत प्रत्येक दिन साझ ६:३० बजे जुममा जोडिनु पर्नेछ ।

जुमकाे लिङ्ककाे लागि यहाँ क्लिक गर्नुहाेला ।

तपाईको प्रतिक्रिया