तङ्ग्रिँदै मुख्यमन्त्री, राजनीतिक छलफल सुरु

समाधान संवाददाता २०७८ जेठ ३ गते १६:५१

समाधान संवाददाता, पाेखरा ।

काेराेना भाइरस संक्रमणबाट बिरामी भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तङ्ग्रिन थालेका छन् । अस्पताल भर्ना हुनु नपरेपनि खाेकी र शरिर दुखाईबाट पीडित उनले साेमबार देखि राजनैतिक भेटघाट थालनी गरेका छन् ।

बिरामी अवस्थामै मुख्यमन्त्री पदकाे सपथ ग्रहण गरेका उनले त्यसयता भेटघाट बन्द गरेका थिए । मुख्यमन्त्री गुरुङकै अस्वस्थताका कारण गण्डकी प्रदेश सरकारमा मन्त्रिमण्डल बिस्तारमा ढिलाई भैरहेके छ । अहिले क्याबिनेट उनी एक्लै छन् ।

Advertisement

साेमबार दिउँसाे मुख्यमन्त्री निवासमा आफ्नै पार्टीका नेतासँग उनले कुराकानी गरेको स्रोतले जनाएको छ ।

छलफलमा पूर्व अर्थमन्त्री किरण गुरुङ, पूर्व भाैतिक याेजना मन्त्री रामशरण बस्नेत र एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारी सहभागी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया