व्यवसायिक कृषिका शर्त

समाधान संवाददाता २०७८ जेठ ३ गते १६:२१

सफल बराल

दोस्रो विश्व युद्धपछिको विश्वको सबैभन्दा ठूलो संकटसँग हामी अहिले जुधिरहेका छौं । सिंगो विश्व नै प्रभावित बन्दा यो रोगले सिर्जित संकटमा मानवीय क्षतिमात्र होइन, सामाजिक, आर्थिक क्षेत्रमा भयंकर ठूलो प्रभाव पारेको छ। यो शताब्दीकै ठूलो घटना हो ।
संसारका अरबौ मानिस घरभित्र कैदी बनेका छन् । बिज्ञानका लागि चुनौत िबनिरहेको छ कोरोना भाइरस अर्थात कोभिड १९ । विश्वमा तहल्का मच्चाइरहेको यो भाइरसले महामारीको रुप लिएको छ ।

संक्रमितको बढ्दो ग्राफ र ज्यान गुमाउनेको निकै डरलाग्दो अबस्था छ । यो अकल्पनीय पीडाबाट मानव जातिले कहिले उन्मुक्ति पाउला, टुंगो छैन।
सिंगो मानव जातिका लागि चुनौतीका रुपमा खडा भएको कोरोनाले विश्व अर्थतन्त्रसहित नेपालको अर्थतन्त्रमा पार्ने प्रभाव निकै गहिरो हुने निश्चित छ। नेपालको अर्थतन्त्रले अझै पनि एउटा स्थिर जग बसाल्न सकेको छैन । झन् अहिलेको कोरोनाले विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्रमा पनि ठूलो असर पुग्नेछ । आउने दिनमा अझ बढी प्रभाव सामना गर्नुपर्ने चुनौती छ ।

Advertisement

अर्थशास्त्रको सिद्धान्त अनुसार पनि अर्थतन्त्रमा कायापलट गर्न कृषिमा आधारित अर्थतन्त्रबाट क्रमशः उद्योग र सेवा क्षेत्रतर्फ लम्कनुपर्ने देखिन्छ । देशमा उपलब्ध स्रोत, साधन एवं विश्व बजारलाई नियाल्दा उद्योग क्षेत्रबाट महत्तत्पूर्ण योगदान गर्न सक्ने क्षेत्र जलविद्युत देखिन्छ भने अर्को निर्माण क्षेत्र हो । खनिजजन्य उत्पादनमा नेपाल धेरै पछाडि छ भने उत्पादनमूलक उद्योगहरूले चीन, भारत जस्ता मुलुकसँग उच्च प्रतिस्पर्धा गर्नुपरेको छ ।

यसर्थ उद्योग क्षेत्रमा सापेक्ष फाइदाका निश्चित क्षेत्रबाहेक नेपालले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने र विश्व व्यापार संगठनको सदस्य राष्ट्रका हिसाबले खुला व्यापारतर्फ उन्मुख हुनुपर्दा मूल्य र गुणस्तरमा प्रतिस्पर्धाका कारण आयातीत वस्तुमा अझ बढी निर्भर हुन सक्ने हुँदा उत्पादनमूलक क्षेत्रबाट भविष्यमा समेत उल्लेख्य योग्दानको अपेक्षा गर्ने सक्ने ठाँउ देखिँदैन ।

Advertisement

कृषि क्षेत्रको १० वर्षको औसत वृद्धिदर ३.३ प्रतिशतएवं उद्योग क्षेत्रको २.७ प्रतिशतमात्र छ । विश्व स्वास्थ्य संगठन लगायत अन्तर्राष्ट्रिय संस्थाले कोरोना महामारीपछि विश्वका धेरै मुलुकमा खाद्यान्न संकट आउनेतर्फ सचेत गराइसकेका छन् । ठूलो मात्रामा खाद्यान्न आयात गर्ने हाम्रो देश नेपाल यो संकटबाट कसरी जोगिन सक्छ भन्ने प्रश्न उठ्न थालेका छन् । हाम्रोजस्तो भूपरिवेष्ठित देशका लागि यो आफैंमा चुनौतीपूर्ण विषय छ ।

कोरोना महामारीसँगको युद्धसँगै सरकारले नेपालको अर्थतन्त्रमा लाग्ने धक्का वैदेशिक रोजगारीबाट फर्कने ठूलो संख्या, देशभित्रको बेरोजगारी वैदेशिक सहयोग र लगानीमा हुने प्रतिकूलतालाई मध्यनजर गर्दै अबको आर्थिक नीति मजबुत बनाउनुपर्ने देखिन्छ।

म सम्झन्छु बुवाआमाले, बाबु तिमी ठूलो भएपछि राम्रो असल डाक्टर, इन्जिनियर बन्नु है । म यो प्रश्नको उत्तर दिनुभन्दा पहिला क्षमा माग्छु । आमा म तपाइले भनेजस्तै जस्तै असल विद्यार्थी बन्न सकूँला, म असल नागरिक बन्न सकूँला । तर डाक्टर, इन्जिनियर म कदापि बन्न सक्दिनँ । त्यो सामथ्र्य म माग्यो । १५वर्षसम्म यी हात कुटोकोदालो समातेको अनि ढुंगा माटो र पानीसँग साटेको आत्मीयता नै कृषिका लागि अपरिहार्य मोड लिनपुग्यो ।

आखिर नेपालीको कृषि व्यवसायमा भविष्य छ त भन्ने प्रश्नले बिभिन्न विचार पैदा गर्छ । केही नभए वैदेशिक रोजगारी त छँदै छ भन्ने ढुक्कको मानसिकताले लाखौं ऋण लिएर विदेसिने युवा स्वदेशमै उद्यम गर्न तत्पर नहुनुले पनि यो क्षेत्र उपेक्षित बनेको छ । हाम्रो जस्तो प्रविधिको प्रयोगमा पछाडि रहेको मुलुकमा कृषि गर्नका लागि मानव संसाधन पर्याप्त मात्रामा उपलब्ध हुनुपर्छ । तर, देशका होनाहार युवा करेसाबारी बाँझै पारेर बिदेसिनुले मुलुक आत्मनिर्भर बन्न नसकेको हो ।

नेपालमा प्रशस्त खेतीयोग्य जमिन हुँदा पनि राज्यको ध्यान त्यतातर्फ मोडिन सकिरहेको अवस्था छैन । सहुलियत ब्याज, मल तथा सिँचाइ सहजीकरण तथा नयाँ शिल्प विज्ञानको उपलब्धता र देशभित्रको उत्पादन हुने खाद्यान्नलाई बाहिरबाट आउने खाद्यान्नबाट सुरक्षित तवरले प्रतिस्पर्धात्मक क्षमता बढाउने नीति लिएर किसानलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ।

कृषिलाई प्राथमिकतामा राखेर अहिलेका किसानलाई ऋणमा व्यापक सहुलियत, अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने गुणस्तरीय वस्तु तथा सेवा उत्पादनतर्फ जोड दिने, सबै खेतीयोग्यज मिनमा सिंचाईको व्यवस्था गरिदिने मलहरूको सहुलियत तथा सहजता प्रदान गर्ने, कृषिमा दक्ष जनशक्ति उत्पादनतर्फ जोड दिनुपर्ने देखिन्छ ।

यस्तो परिस्थितिमा मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै व्यावसायीकरणको बाटोतर्फ डोहो¥याउनु अपरिहार्य छ । कृषि शिक्षालाई विद्यालय तहको पाठ्यक्रमदेखि उच्च तहसम्म नै प्राथमिकतामा राख्नुपर्छ । निर्वाहमुखी कृषिलाई नाफामूलक, व्यावसायिकतामा रूपान्तरण गर्नेतर्फ ध्यान जानु पर्छ । अहिलेको चुनौतीपूर्ण समयले सिकाएको पाठ भनेको अब साँचो अर्थमा नेपालमा परिणाममुखी कृषि क्रान्तिको खाँचो छ ।

तपाईको प्रतिक्रिया