पोखरामा स्वर्गीय नेता भण्डारी र आश्रितको सम्झना

समाधान संवाददाता, पोखरा
नेकपा एमालेका स्व. नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको पोखरामा सम्झना गरिएको छ ।
नेताद्वयको २८ औँ स्मृति दिवसमा एमाले नेता/कार्यकर्ताले पोखरा १६ बाटुलेचौरस्थित मदन आश्रित स्मृति पार्कमा रहेको स्वर्गीय नेता भण्डारी र आश्रितको शालिकमा माल्यार्पण गरेर उनीहरुको सम्झना गरेका हुन् ।
कार्यक्रम एमाले कास्की जिल्ला कमिटीको आयोजनामा भएको हो । प्रतिनिधिसभा सदस्य खगराज अधिकारी, एमाले कास्की जिल्ला अध्यक्ष एवं प्रदेश सांसद कृष्ण थापा, मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ लगायतले माल्यार्पण गरेका हुन् ।
जिल्ला अध्यक्ष एवं सांसद थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद अधिकारीले एमालेभित्र गुटफुट ल्याउने प्रवृत्ति हाबी भएको र मदन भण्डारीका अनुयायी गुटफुटतिर लाग्न नहुने बताए ।
प्रदेश सांसद एवं जिल्ला अध्यक्ष थापाले कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान महत्वपूर्ण रहेको र बन्दाबन्दीको बेला भए पनि योगदानको सम्झना गरिएको बताए ।
भीडभाड गर्ने अवस्था नरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर सीमित व्यक्तिको उपस्थितिमा कम्युनिस्ट आन्दोलनमा अतुलनीय योगदान दिएका नेताको सम्झना गरिएको अध्यक्ष थापाले बताए ।
प्रशासनसँग अनुमति लिएर स्वास्थ्य मापदण्ड अपनाएर आयोजित कार्यक्रममा पोखरा १६ का वडाअध्यक्ष जीवन आचार्य र पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेल पनि उपस्थित थिए । कार्यक्रम सञ्चालन जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्रीले गरेका थिए ।
पोखरामा सहित सोमबार स्वर्गीय नेता भण्डारी र आश्रितको २८ औँ स्मृति दिवस देशका विभिन्न ठाउँमा मनाइएको छ । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जीप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको निधन भएको थियो ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया