अनि कोरोनाले अवश्य हार्नेछ

समाधान संवाददाता २०७८ जेठ ३ गते १७:००

सन्तोष अधिकारी
देशभरका अस्पतालमा एम्बु्लेन्सको लस्कार । बेड अभावका कारण एम्बुलेन्सभित्रै बिरामीको उपचार गर्नुपर्ने विवशता । अस्पतालका आइसियु र सिमित भेन्टिलेटर कोरोना संक्रमितले भरिभराऊ । हो फेब्रुअरी महिनाको सुरुवाततिर युरोपियन देश पोर्तुगालको अवस्था यस्तै थियो । सँगै अन्य छिमेकी मुुलुक पनि नयाँ भेरियान्टको दोस्रो लहरको कोरोना कहरसँग जुधिरहेका थिए ।

Advertisement

जता हेर्यो , तै देखिएको त्रास र त्राहिमाम करिब ३ महिनामा पार लगाउँदै पोर्तुगाल फेरि एक पटक सामान्य जनजीवन तर्फ फर्किरहेको छ । ती दिनमा दैनिक १५ देखि १६ हजारसम्म नयाँ संक्रमित थपिने र सयौको संख्यामा मृत्यु भइरहेको थियो । तर पोर्तुगालले सिमित स्रोत र साधानको बीचमा पनि छोटो अवधिमा महामारीलाई आफ्नो काबुमा राख्न कसरी सार्थक भयो ? हो अहिले दोस्रो लहरको कोरोना कहरबाट थिलो थिलो भइराखेको नेपालका निम्ति पोर्तुगालको त्यो संघर्ष र अनुभव अनुकरणीय बन्न सक्छ ।

महामारी कसरी पार लाग्यो ?
पहिलो लहरको संक्रमणमा पोर्तुगालले खासै क्षति बेहोर्नुपरेको थिएन । नेपालले जस्तै कोरोनाका सामान्य असर दखिन थालेसँंगै यो देशले पनि लकडाउन गरेको थियो । केह िमहिनाको बन्दाबन्दीले नै महामारीमा गतिलो सफलता हात पारेको थियो । अनि अन्य युरोपियन देशले भन्दा एक कदमअघि बढेर छिट्टै नै लकडाउन हटाउँदै पर्यटकीय गतिविधि पनि सुचारु भए ।

Advertisement

विडम्बना दोस्रो लहर भने पोर्तुगालका निम्ति संकट नै साबित भएर उभियो । महामारीको यो संकटलाई यो देशले तत्काललाई भने पार लगाएको छ । यो पार लगाउन यहाँको सरकारले निर्वाह गरेको भूमिका र संघर्ष कम प्रशंसनीय छैन । अनि नागरिकले देखाएको धैर्य, इमान्दारी र कर्तव्य परायणता उत्तिकै तारिफयोग्य छ । जुन नेपाल र नेपालीले अहिलेको संकटमा अन्ुसरण गर्न आवश्यक छ ।

विगतको संकटबाट पाठ सिक्दै पोर्तुगालले दोस्रो लहर प्रवेश गर्ने बित्तिकै कडा लकडाउन गरिहालेन । नागरिकको जनजीवन र स्वतन्त्रतालाई ख्याल गर्दै क्रमिक रुपमा लकडाउनलाई कसिलो बनाउँदै लग्यो । जनवरीबाट नै सुरु गरेको लकडाउनको अभ्यासलाई नतिजा हेरेर बिस्तारै कडाइ गरियो ।

Advertisement

नेपालमा जस्तो हतार र हतासमा यहाँ कडा बन्दाबन्दी गरिएको थिएन । लकडाउन जति प्रभावकारी देखियो, उत्तिकै रुपमा कडाइ गरिदै लगियो । मान्छेको जमघट र भीडभाड हुने समय र पर्वलाई केन्द्रित गरी ठाउँ र समय अनुसार लकडाउनको मोडालिटी फेरबदल गरिराखियो । जब कि महामारी नियन्त्रणमा लकडाउन प्रभावकारी पनि बनोस् अनि लकडाउनको नाममा नागरिकको मौलिक स्वतन्त्रता पनि हनन नहोस् । यी दुबै कुरामा यहाँको राज्य र जनता सजग र सचेत देखिन्थे ।

राज्यले गरेको आह्वानलाई जनताले सक्दो परिपालना गरेका थिए भने राज्य जनताको स्वतन्त्रताको सम्मान र आफनो उत्तरदायित्व पूरा गर्न उत्तिकै लागि परेको थियो । सायद यसैको परिणाम हुन सक्छ सिमित स्रोत र साधानको बाबजुद पनि महामारीको जटिल अवस्थालाई विस्तारै पार लगाउन सफल भयो । हाम्रोमा जस्तो भेन्टिलेटर, अक्सिजन र आइसियुको अभाव भयो भनेर जनताले मानसिक तनाव व्यहोर्नु परेको थिएन ।

यस पछाडिका मूलभूत केही कारण छन् । पहिलो जनता इमान्दार भएर राज्यको आह्वानलाई कर्तव्य सम्झेर पालना गरे । दोस्रो युरोपियन युनियान अन्तर्गतका अरु समृद्ध देश लक्जेम्बर्ग, जर्मनी लगायतबाट सहयोग प्राप्त भयो । अन्य छिमेकी देश सहयोगका निम्ति फराकिलो मनका साथ उभिए । जसका कारण मानसिक र प्राविधिक रुपमा र्पोर्तुगालको आत्मविश्वास दरिलो बन्न सक्यो ।

अर्को महत्वपूर्ण कारण हो, चर्को महामारीका बीचमा नै पोर्तुगालले कोरोना विरुद्धको भ्याक्सिन लगाउने अभियानअघि बढाएको थियो । जसले गर्दा कोरोना संक्रमणको जोखिममा रहेको समूहमा आत्मबल र विश्वास बढ्न सक्यो । भनिन्छ, आत्मबलले ५० प्रतिशत रोग आफैं निको पार्दछ ।

आप्रावासीका निम्ति खुला ह्दय भएको देशको रुपमा चिनिन्छ पोर्तुगाल । महामारीको यो संकटमा आप्रावासी र स्वादेशी भनेर यो देशले कनै विभेद गरेन । हरेक सेवा, सुविधा, राहात र अनुदानमा समान नीति अख्तियार ग¥यो । महामारीका कारण बन्द गरिएका होटल, रेस्ुरेन्ट, उद्योग, धन्दा, कलकारखानामा काम गर्ने हरेक मजदूरलाई उसले सामान्य अवस्थामा पाउँदै आएको तलव, सुविधा दिएर घरमै बस्न आह्वान ग¥यो । यसो गर्दा काम गर्ने आम कामदारले सुविधा पनि पाए र राज्यको आह्वानलाई अक्षरशः पालाना पनि गरे । अर्थात् राज्यले सबै कुराको ग्यारेन्टी गरेकाले उनीहरुलाई लकडाउनकै कारण आर्थिक समस्यासँग जुध्नुपर्ने भएन ।

बिशेष गरी राज्यले पनि काम गरिखाने वर्गको हितमा बढी चासो देखाएको थियो । जु्न समूहलाई लकडाउनले गर्दा जीवन सुचारु गर्न अप्ठयारो नपारोस् । जब राज्यले नागरिकको सबै आवश्यकता पूरा गर्ने प्रतिबद्धता जाहेर ग¥यो, तब नागरिक पनि राज्यको आह्वानलाई अक्षरशः पालाना गर्दै गए । हो राज्य र जनताबीचको एकाकार, इमान्दारी र सहकार्यको परिणाम स्वरुप दोस्रो लहरको कठिन महामारी परास्त गर्न पोर्तुगाल तत्काललाई सार्थक बन्यो ।

नेपालले के गर्न सक्छ ?
हामीले माने पनि नमाने पनि हाललाई लकडाउन नै कोरोना नियन्त्रणको एकमात्र विश्वासिलो आधार हो । तर लकडाउनको पक्षमा पैरवी गरी राख्दा भोक ठूलो कि रोग ठूलो भन्ने चुनौती पनि हाम्रोसामु ठडिएको छ । यो जटिल र विषम परिस्थितिमा ‘सु्झब्ुझ पूर्ण ढंगबाट राज्यका हरेक निकाय चल्न सक्नुपर्छ । हाम्रो स्रोत, साधान र स्तरलाई हेरेर हामीले के गर्न सक्छौं । यो महत्वपूर्ण कुरा हो ।

लकडाउनलाई नै उपयोगी उपाय मानेर नेपालले पनि कडा प्रकृतिको बन्दाबन्दी गरिसकेको छ । अब यसबाट केही समयका लागि पछाडि फर्किहाल्ने अवस्था देखिँदैन । तर यही स्तरको लकडाउन लम्ब्याई राख्न पनि त्यति सहज छैन । संक्रमण र मृत्युको दर हेर्दा कडाइ गर्नुबाहेक अर्को विकल्प पनि छैन ।

अब राज्यले युरोपियान मुलुकले जस्तै काम गरिखाने वर्गको समस्यालाई पहिलो प्राथमिकतामा राख्न जरुरी छ । नाममात्रको कम्युनिस्ट होइन कि वास्तविक रुपमै समाजवादी चरित्र देखाउन आवश्यक छ । जुन सिमित स्रोत, साधनको बीचमा पनि पोर्तुगाल लगायतका धेरै युरोपियान देशले गर्न सके । हो पोर्तुगालबाट थोरै भए पनि नेपालले यो अवस्थामा सिक्न जरुरी छ । कम्तीमा पनि दैनिक या मासिक ज्याल मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको नागरीकको समूहको पारदर्शी अभिलेख तयार गरी उनीहरुको गाँसबासको व्यवस्था राज्यले गरोस् ।

त्यति भए त्यो समूह कामको खोजीमा या राजीरोटीको जोहो गर्न बाहिर निस्कने छैन । साना साना काम र व्यवसाय गर्दै आएका ती नागरिक गाँस, बासको ग्यारेन्टी भएपछि प्रशासनको आँखा छलेर काममा जान बाध्य हुने छैनन् । नत्र त्यो समूह रोगभन्दा पहिला आउने भोकको सामना गर्न प्रशासनको आँखा छलेर पनि बाहिर निस्कन विवश हुनेछ ।

हो यो महामारीको बेलामा राज्यले गरिखाने वर्गको गाँसबासको ग्यारेन्टी गर्नैपर्छ । त्यसो नगर्दा कोरोना नियन्त्रणका लागि गरिएको यो लकडाउन असफल साबित हुनेछ । काम गरिखाने वर्ग लुकिछिपी काममा नजाउन भनेर नै पोर्तुगालले दोस्रो लहरको लकडाउनमा सबै कामदारलाई शतप्रतिशत तलब भुक्तानी गरेको थियो ।

नेपालले यही स्तरको सुविधा प्रवाह गर्न अवश्य सम्भव छैन । तर मजदुरको गाँसबासको ग्यारेन्टी नगरे बन्दाबन्दीको प्रभावकारीतामाथि प्रश्न उठने नै छ । अनि यसलाई थप लम्ब्याउन पनि सम्भव हुने छैन । तसर्थ मजदुरी गरी खाने वर्गको समस्या राज्यको प्रथामिकतामा पर्नेैपर्छ । मजबुरी गर्ने वर्ग भन्नाले शारीरिक परिश्रम गर्ने समूहलाई मात्र बुझ्ने भुल पनि गर्नु हुँदैन । यसमा सबै क्षेत्र, तह र वर्ग समेटिन जरुरी छ ।

अब प्रश्न उठन सक्छ के राज्यले यति गर्नेबित्तिकै महामारी काबुमा आउला त ? अहं अवश्य आउँदैन । नियन्त्रणका लागि आम जनताले हरेक क्षेत्रबाट राज्यलाई सहयोग गर्न जरुरी छ । राज्यले अख्तियार गरेका विज्ञानसम्मत नीतिलाई परिपालान गर्न आवश्यक छ । लकडाउन नै उत्तम उपाय देखिरहेको यो अवस्थामा राज्यको आह्वानलाई नजरन्दाज गरिनु हँुदैन । अन्य सम्पन्न देशको तुलनामा नेपालले पनि त्यही स्तरको सेवा प्रवाह गर्नुपर्छ भनेर अफवाह फैलाउने र भडकाउने काम जनस्तरबाट पनि यो अवस्थामा हुनु हुँदैन ।

हरेक राज्यले आफ्नो स्तर र औकातको अनुपातमा मात्रै सेवा प्रवाह गर्न सक्छ भन्ने तीतो यथार्थतालाई भुल्नु हुँदैन । आज समाजवादको अभ्यास गरिराखेका धनी गरिब युरोपियन मुलुकले अंगिकार गरेको बाटो पनि यही नै हो । युरोपियान देशमा पनि यो संकटमा फरक फरक देशले प्रवाह गर्ने सेवा र सुविधाको स्तर पनि भिन्न भिन्न नै छ । जो देशको स्तर र औकातमा निर्भर छ ।

पोर्तुगालमा प्रत्येक २ हप्तामा लकडाउन अवधि नवीकरण गरिँदै आइएको थियो । नवीकरण गर्नु पूर्व देशका सत्ताधारी र विपक्ष दल एकमतका साथ सदनमा प्रस्तुत हुन्थे । जसले गर्दा आम जनतामा महामारीसँग जुध्न सबै एकै ठाउँमा रहको सन्देश प्रवाह हुँदै आएको थियो । अनि जनता राजनीतिक आग्रह पूर्वाग्रहमा बिभाजित भएर सरकारको आलोचना र विरोधमा लागेनन् । बरु एकढिक्का भएर राज्यको बाध्यता र विवशतालाई बुझेर संकटसँग जुध्न हिम्मत जुटाए ।

हो, आज नेपालमा पनि सरकारले केही गरेन भनेर तथानाम गालीगलौज गरी राखेर संकट मोचन हँुदैन । सरकारलाई सजग गराउँदै आग्रह, पूर्वाग्रह नराखी एकाकार हुनुको विकल्प छैन । हरेक राज्यले आफनो स्तर र क्षमता अनुसारमात्रै सेवा प्रवाह गर्न सक्छ भन्ने यथार्थतालाई नकार्नु हुँदैन । विरोध नै सबै कुराको समाधान कदापि हुँदै होइन । जुन युरोपियानबाट पनि सिकांै ।

महासंकटको यो बेलामा राज्यशक्तिको दुरुपयोग गर्न खोज्नेहरुलाई पनि सरकारले नियन्त्रण गर्न जरुरी छ । कारवाहीको दायारामा ल्याएर सबक सिकाउन आवश्यक छ । नकी माफिया र ठगहरुले जानाजान ठगिरहेको सरकारले टुलुटुलु हेरेर नबसोस् ।
अनि सम्पन्न र छिमेकी देशसँग प्राप्त गर्ने सहयोग माग्न ढिला नगरौं । यो संकट पार लगाउन हाम्रो जस्तो देशले अन्य देशको सहयोग नलिई सम्भव नै छैन । अझ यो त नागरिकको ज्यान बचाउने सवालसँग सम्बन्धित छ । बरु यसका निम्ति हतार गरौं । आह्वान पनि गरौं । पर्ख र हेरको अवस्थामा नरुमालिऔं ।

अन्त्यमा पहुँच, पावर र पैसाको आधारमा होइन, बिरामीलाई आवश्यकताको आधारमा भेन्टिलेटर, आइसियु जस्ता सेवाको प्रवाहमा ध्यान केन्द्रित गरौं । पहुँच र पैसाकै कारण कसैले सामान्य अवस्थामा पनि भेन्टिलेटर पाउने र कसैले पैसा नभएकै कारण गम्भीर अवस्थामा पनि आवश्यक उपचार नपाउने विभेदपूर्ण अवस्था अन्त्य गरौं । जुन विभेद समाजवादको अभ्यास गरिराखेका अन्य देशमा देखिँदैन ।
यो संकटमा रोगसँग जोगाउादै भोक मेटाउने ग्यारेन्टी राज्यले गर्नैपर्छ । अनि सरकारलाई गाली गरेर भन्दा पनि सहयोग गरेर महामारीलाई परास्त गर्ने साहास र संस्कार आम नागरिकमा पनि विकास हुनैपर्छ । तबमात्र महासंकटको रुपमा उभिएको कोरोनालाई पोर्तुगालले जस्तै अवश्य परास्त गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया