कास्कीसहित २० जिल्लामा निषेधाज्ञामा कडाइ गर्न आग्रह

समाधान संवाददाता २०७८ जेठ ३ गते २०:०१

समाधान संवाददाता, पोखरा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै केही हप्ता कोरोना भाइरस संक्रमणको चुनौती रहेको भन्दै २० जिल्लामा निषेधाज्ञामा कडाइ गर्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर निषेधाज्ञा लागू भएका जिल्लामा पनि मानिसहरूको आवतजावत निरन्तर भइरहेको भन्दै संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका निभाउन सम्बन्धिन निकायलाई आग्रह गरेका छन् ।

Advertisement

मन्त्रालयले काठमाडौं, रूपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवलानपुर, धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पालगायतका जिल्लाहरूमा संक्रमण उच्च रहेको र संक्रमितहरू सार्वजनिक स्थानहरूमा खुल्ला रूपमा हिँडिरहेको भेटिएकोले यी जिल्ला निषेधाज्ञामा कडाइ गर्न भनेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया