अग्युराेले म्यानसिटीमा १० बर्ष बिताए, अन्तिम खेल खेल्न पाउने नपाउने अनिश्चित

समाधान संवाददाता २०७८ जेठ ४ गते ८:०४

एजेन्सी ।

स्टार स्टाइकर सर्जियाे अग्युराेले म्यानचेस्टर सिटीका लागि लगातार १० वर्ष खेले । अब उनकाे अन्तिम खेल बाँकी छ, त्याे पनि चानेचुने खेल हाेइन, च्याम्पियन लिगकाे फाइनल । तर त्यही खेल उनले खेल्न पाउने नपाउने अनिश्चित छ ।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाले च्याम्पियन्स लिग फुटबलको फाइनलका लागि छानिने खेलाडीको पहिलो रोजाइमा सर्जियो अग्युरो पर्ने पूर्ण सम्भावना नरहेको बताएका छन् । उनले आफ्नो टिम छनौट भावनामा नभइ आवश्यकतामा आधारित हुने गार्डिवलाले बताएका हुन् ।

Advertisement

उनले आफ्नो टिम छनौट ‘कोल्ड’ हुन सक्ने उनले बताए । यो सिजनको अन्त्यसँगै अग्युरोले म्यानचेस्टर सिटीसँगको १० वर्षको यात्रा टुंग्याउँदै छन् ।

आउँदो आइतबार यो सिजनको लिग यात्रा सकिनु पूर्व फिटनेश परीक्षणको सामना गर्नु पर्ने छ । मे २९ मा चेल्सीसँग हुने फाइनल खेलका लागि खेलाडीको छनौट जित निकाल्न सकिने आधारमा हुने पेपले बताएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया