प्रधानमन्त्री विरुद्धका रिटमा आज सुनुवाइ हुँदै

समाधान संवाददाता २०७८ जेठ ४ गते ८:५६

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध सर्वोच्च अदालतमा परेका चारवटा रिटको सुनुवाइ आज हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोमबारसम्म सर्वोच्चमा चारवटा रिट परेका छन् ।

Advertisement

अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया