काेराेना संक्रमित फुटबल प्रशिक्षक बिल तामाङकाे निधन

समाधान संवाददाता २०७८ जेठ ४ गते १३:३५

समाधान संवाददाता, पोखरा 

सहारा क्लबका फुटबल प्रशिक्षक तथा सहारा हङकङका उपाध्यक्ष बिल तामाङको कोरोना संक्रमणका कारण निधन भएको छ । उपचारकै क्रममा आज मंगलबार बिहान तामाङको पोखरामै निधन भएको हो । उनलाई १२ दिनअघि कोरोना पुष्टि भएको थियो ।

सहारा क्लबले फुटबल एकेडेमी सुरु गरेकै बेला २०५८ सालमा तामाङले एकेडेमीका बालकहरुलाई फुटबल सिकाएका थिए । तामाङ गत फागुनमा हङकङबाट एफसी लाइसेन्सका लागि नेपाल आएका थिए । तामाङ पूर्व राष्ट्रिय फुटबल खेलाडी पनि हुन् ।

एफसी/एन्फा ‘ए’ लाइसेन्स प्राप्त तामाङले २००१ देखि २००३ सम्म भारतको पटियालामा फुटबल प्रशिक्षण लिएका थिए । पटियालमा फस्ट क्लास प्रशिक्षक हुने उनी पहिलो नेपाली हुन् । पोखरा १३ निवासी संगमटोल निवासी तामाङ ४५ वर्षका थिए । उनकाका श्रीमती र एक छोरा छन् ।

कान्तिपुर दैनिकका हिमेशले गएको चैतमा मात्रै समाधान दैनिकका लागि बिल तामाङमाथि लेखेको आलेख निम्नानुसार थियो

सहारा एकेडेमीका पहिलो प्रशिक्षक थिए बिलः हिमेश

सहाराबाट पहिलोपल्ट खेलेका केही खेलाडीको चर्चा पछि तिनकै प्रशिक्षकको पनि कुरा त गर्नु पर्‍यो नि । सहारासँग चारैतिरबाट ठोकिएर आउने यी एक समयका खेलाडी, अनि एक समयका प्रशिक्षक हुन्, बिल तामाङ । यिनै बिल अहिले पोखरामा छन्, अहिले चलिरहेको आहा रारा गोल्डको निहुँमा । हङकङ छिरेर उतै घरजम जमाएका उनी सहारा हङकङका उपाध्यक्ष पनि हुन् । अनि उनलाई यही समय एएफसीको ए कोचिङ लाइसेन्स पनि लिनु थियो ।

बिलबारे चर्चा गर्दा फेरि एकपल्ट हामी ०५८ को क्याराभान गोल्डकप फर्किनुपर्छ । त्यसमा सहारा निलोका लागि कप्तानी गर्ने खेलाडी यिनै बिल थिए । सेमिफाइनलमा पुलिसस“ग टस हारेर यो टिम बाहिरिएको तथ्य पनि लगभग सबैलाई थाहा नै छ । यसमा थप्नुपर्ने कुरा के भन्दा जति बेला खेलमा अतिरिक्त समय र टाइब्रेकर चलिरहेको थियो, बिल आपैm भने मैदानमा थिएनन्, किनभने उनी सब्टिच्युट भइसकेका थिए । सहारा रातोले ०६० को आहा रारामा पहिलो पल्ट सेमिफाइनल खेलेको थियो ।

त्यसका प्रशिक्षक भने यिनै बिल थिए । यस्तोमा बिल पनि सहाराको इतिहास लेख्दा छुटाउन नहुने नाम भयो नै । सहारा र बिलस“ग जोडिने एउटा अर्को घटना पनि छ र यसको पनि उल्लेख हुन आवश्यक छ । वर्ष ०५७ मा भएको के थियो भन्दा सहाराले सहिद स्मारक लिग बी डिभिजनको छनोट खेलेको थियो, यसबारे भने धेरैलाई जानकारी छैन । मोफसलका तीन टिमले यो छनोट खेल्ने अवसर पाएको थियो । यसैका लागि बिलको प्रशिक्षणमा सहारा काठमाडौं झरेको थियो ।

सहाराले त्यस छनोटको पहिलो खेलमै रामेछापलाई एक दर्जन गोलले हराएको थियो । त्यसपछि त काठमाडौंको फुटबलमा हल्लीखल्ली नै भयो, त्यो छनोट नै रोकियो । पछि धेरैको अनुरोधमा सहारा पोखरा नै फर्कियो र उसले सहिद स्मारक लिगको ए डिभिजन खेल्ने सपना सधैंका लागि छाडेको थियो । सहाराको इतिहास, यसको एकेडेमी जन्मिनु र आहा रारा गर्नुमा यो बी डिभिजन छनोटका घटनालै ठूलो अर्थ राख्छ, बिल यसकै एक साक्षी हुन् ।

काठमाडौं छ“दा उनले अधिकांश समय पे्रmन्डसका लागि खेलेपछि केही समय आरसिटीका लागि । पाकिस्तानमा हुने नवौं दक्षिण एसियाली खेलकुद पहिलो पल्ट ‘नाइन इलेभेन’ कारण रोकिँदा त्यहा“ फुटबल खेल्न जाने टिममा ५ खेलाडी पोखराकै थिए । यसमा एक त बिल नै थिए, अन्य चारमा वसन्त गौचन, राजेन्द्र तामाङ, राजकुमार श्रेष्ठ र चन्द्र गुरुङ थिए । उनीहरूले कोट पनि सिलाइसकेका थिए, तर पाकिस्तान जान पाएनन्, जान पाएको भए, यी पा“चैजनाको खेल जीवनले फरक मोड लिने निश्चित थियो ।

यो घटनापछि कम्तीमा बिलको खेल जीवनले पक्कै फरक मोड लियो । उनी प्रशिक्षक हुनतर्फ लागे । त्यस लगतै उनी भारतको पटियालामा हुने प्रशिक्षकको कोर्सका लागि छनोट भए । अचेल कम्तीमा फुटबलमा पटियालामा हुने यस प्रशिक्षकको कोर्सबारे धेरै चर्चा हुन्न । तर एक समय यस कोर्सको ठूलो महŒव थियो । खासमा यो खेल विज्ञानको गहन अध्ययन गराउने साढे एक वर्षको निकै सटिक कोर्स थियो । कुनै समय यही कोर्स फुटबलका भीम थापा, धनबहादुर बस्नेत, कृष्ण थापादेखि विराटकृष्ण श्रेष्ठसम्मले गरेका थिए ।

अहिले त खालि एएफसीकै कोर्सको चर्चा हुन्छ, फुटबलमा । जे होस, बिलले पटियाला बसेर खुबै मज्जाले पढे र सिके । अनि उनी फुटबलका प्रशिक्षकमध्ये पहिलो नम्बरमा पनि आए । यसरी फुटबलका प्रशिक्षकमध्ये पहिलो हुने उनी नै पहिलो नेपाली थिए, उनलाई यस्तै भनिएको थियो । अब त बिलस“ग ढिलो चा“डो ए लेभलको कोच लाइसेन्स पनि हुनेछ । फेरि उनी हङकङमै आफ्नो एकेडेमी पनि चलाइरहेका छन् । खासमा भन्दा खेलाडीको तुलनामा उनको प्रशिक्षक जीवन बढी उम्दा देखिन्छ ।

बिल र सहाराबीचको सम्बन्धलाई चर्चा गर्दा एकेडेमीको सुरुआती दिन पनि सम्झिनुपर्ने हुन्छ । यो एकेडेमीलाई व्यावसायिक ढंगले अगाडि बढाउने भएपछि सहाराले सबैभन्दा पहिले अनुबन्ध गरेका प्रशिक्षक बिल नै थिए, पछि त्यसमा डम्बर गुरुङ जोडिए । नेपाली राष्ट्रिय टिमले सन् १९८३ मा पहिलो पल्ट औपचारिक रूपमा फुटबल खेल्दाको टिमको सदस्य हुन्, गुरुङ । उनी पोखरेली फुटबलका लागि केही योगदान दिन नेपाल आएका थिए ।

यस्तोमा बिल आपैm पनि गुरुङ जत्तिको हस्तीस“ग सहयोगी भएर काम गर्न तयार भए, उनको मन नै ठूलो थियो । गुरुङ बेलायती आर्मीका थिए, त्यसैले धेरै हक्की थिए, अनुशासन उनलाई जति अरू कसैलाई चाहिँदैन थियो । बिल भने अलि फरक थिए, उनी भने खुसीको माहौलमा फुटबल खेल्नु पर्छ भन्थे । आखिरमा यी २ प्रशिक्षकको फरक व्यक्तित्वको साझेदारीले राम्रै काम ग¥यो । ठीक यही बेला उनले केही सिनियर खेलाडीको सहारा टिमलाई भने लगातार हेरिरहे ।

बिल लामो समय भने सहारा एकेडेमीमा बसेनन्, उनलाई हङकङले बोलाइरहेको थियो, उनको परिवार त्यतै थियो, उतै लागे । तर उनले अहिलेसम्म पनि न त नेपाली फुटबलको माया मार्न सकेका छन्, न त सहारालाई बिर्सन नै । उनी भन्छन्, ‘सहाराले मलाई लगाएको गुन कसरी बिर्सन सक्छु र ? मलाई प्रशिक्षकको खेल जीवनमा डोर्‍याउने सहारा नै हो ।’

उनी सहाराका केही हस्ती वसन्त थकाली, विक्रम थकाली र वीरभन्द्र आचार्यको नाम लिन पनि छुटाउ“दैनन् । ठीक यही बेला आफूले सुरुआती दिनमा प्रशिक्षण दिएका खेलाडीले गरेको प्रगति देखेर पनि मख्ख पर्छन् । अनि भन्छन्, ‘म वास्तवमै खुसी छु, ठूलाले अहिलेसम्म गरिरहेको माया र सानाले आफ्नै आ“खा अगाडि गरेको प्रगति देखेर ।’

मैले बिललाई सबैभन्दा पहिले सन् २०१० मा चीनको ग्वानजाउमा भएको एसियाली खेलकुदको बेला भेटेको थिए । त्यसको कति धेरै वर्षपछि अहिले फेरि पोखरामा भेट्दैछु । लाग्छ, उनी खासै फेरिएका छैनन्, उनको हाँस्नै शैली उस्तै छ । अनुहार नै खुसी हुने गरेर उनी मुसुक्क हाँस्ने गर्छन् । मलाई पनि के लाग्छ भने बिल सा“च्चै खुसी हुने खालका छन् ।

(कान्तिपुर दैनिकका पत्रकार हिमेशले सहारा क्लबका लागि तयार पारेको लेखको शृंखलाबाट)

तपाईको प्रतिक्रिया