महामारीमा बैंक यसरी चलाऔं

समाधान संवाददाता २०७८ जेठ ४ गते १६:०५

सुमन पौडेल

अहिले अस्पतालहरुले बिरामीहरु भर्ना लिन नस्कने भनिरहँदा, अत्यावश्यक सेवामा रहेका बैंकका कर्मचारीलाई भोलिका दिनमा कोरोना संक्रमण भएमा उपचारको जिम्मा कस्ले लिने ? उनीहरुलाई कोरोना संक्रमण भएको अवस्थामा उनीहरुले पाउने उपचारको प्रत्याभूति बैंक व्यवस्थापन र सरकारले तयार पार्नु पर्ने कि नपर्ने ? हस्पिटलहरुले बिरामी भर्ना लिन सक्दैनांै भन्न मिल्छ भने बैंकमा कार्यरत कर्मचारीले हाम्रो सुरक्षा र उपचारको सुनिश्चितता नभएसम्म काममा जान सक्दैनौं भन्न मिल्ने कि नमिल्ने ?

संक्रमण दिनानुदिन बढिरहेको अवस्थामा सरकारले लगाएको निषेधाज्ञामा पनि कतिपय बैंकले सरकारको निर्देशनलाई वास्ता नै नगरी आफ्नै संस्थागत हिसाबले नियम बनाई बैंकका शाखाहरु खोल्ने तर कर्मचारीलाई कुनै उपचारको ग्यारेन्टी नगरिनु झनै दुःखद् छ । खालि हस्पिटल छैन, अक्सिजन छैन, दबाई छैन, दैवको कुनै बरदान छैन, महामारी हो भन्ने सरकारलाई ज्ञान छैन । केही दिन यता कोरोना संक्रमणपछि उपचारत केही बैंकरको उपचार नपाएर निधन भएको समाचारले झन् कर्मचारीको मनोबल कमजोर भएको छ ।
यस समस्याको समाधानक लागी सियसआर ( व्यवसायको सामाजिक उत्तरदायित्व )को रकम खर्च गरी कर्मचारीको कल्याणका लागि निम्न काम गर्न सकिन्छ :

Advertisement

कुनै कर्मचारी कोरोनाबाट संक्रमित भए उसको उपचार खर्च सम्बन्धित कम्पनीले सिएसआरका लागी छुट्याएको पैसाबाट व्यहोने ।
संक्रमित कर्मचारीलाई घर, अस्पताल वा होटलमा आइसोलेसन वा क्वारेन्टाइनमा राख्ने ब्यवस्था सम्बन्धित बैंकले मिलाउने ।
आइसोलेसन वा क्वारेन्टाइनमा रहेका कर्मचारीलाई उक्त अवधिको पूरा तलब पाउने गरी अतिरिक्त बिदा उपलब्ध गराउने र अन्य बिदाबाट कटौती नगर्ने ।
यदि उपचारमा रहेको कुनै बैंकका कर्मचारीको कोभिडका कारण मृत्यु भएमा उसको परीवारमा कोही कामका लागि योग्य सदस्य छन् भने उनीहरुलाई जागीरको व्यवस्था मिलाउने ।
छैनन् भने मृत्यु हुने कर्मचारीको छोरा, छोरीको उच्च शिक्षासम्मको जिम्मेवारी सम्बन्धित बैंकले सि. यस. आर. (व्यवसायको सामाजिक उत्तरदायित्व) मा खर्च गनुपर्ने रकमबाट कट्टागरी लिने ।
यसो गर्दा कर्मचारीको मनोवल पनि उच्च हुन्छ र बैंकका कार्यहरु सुचारु गर्न सहज हुन्छ ।


लेखक नेपाल क्रेडिट एन्ड कमर्स बैंक विरौटा शाखामा कार्यरत छन् ।

Advertisement



तपाईको प्रतिक्रिया