गण्डकीमा थप १५ जनाको मृत्यु, ९५९ जनालाई संक्रमण

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बागलुङका ४, मुस्ताङ, तनहुँ, कास्की र नवलपुरका २/२, पर्वत, स्याङ्जा र गुल्मीका १/१ जनाको मृत्यु मंगलबार पुष्टि गरेको हो ।
योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २२ पुगेको छ ।
मंगलबार ९ सय ५९ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
कोरोना पुष्टि हुनेमा कास्कीका ४१७, बागलुङका १२३, तनहुँका ११२, स्याङ्जाका ८६, नवलपुरका ७६, पर्वतका ७४, गोरखाका ३५, म्याग्दीका २७, लमजुङका २८ र मुस्ताङका १ जना छन् । योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या ठ्याक्कै ३० हजार पुगेको छ ।
निर्देशनालयका अनुसार मंगलबार ४ सय २९ जना निको भएका छन् । कुल संक्रमितमध्ये २० हजार ३९८ जना निको भएको निर्देशक डा. शर्माले जानकारी दिए ।
तपाईको प्रतिक्रिया