जसपामा फेरि झगडाः महन्थलाई उपेन्द्रकाे काउन्टर

समाधान संवाददाता २०७८ जेठ ४ गते १७:०४

समाधान संवाददाता, काठमाण्डाैं ।

जनता समाजवादी पार्टीमा फेरि झगडा सुरु भएकाे छ । दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले आजै सम्युक्त वक्तब्य जारी गरेर आफूहरु एक ढिक्का रहेकेा संदेश दिएकाे केही घण्टा नबित्दै फेरि दुवै अध्यक्षका छुट्टा छुट्टै पत्र सार्बजनिक भएका छन् ।

सरकारमा सहभागी नहुने आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्दै दिउसाे सम्युक्त वक्तब्य जारी गरेका दुई अध्यक्ष पार्टीकाे संसदीय दलकाे नेताका बारेमा फेरि नमिलेका हुन् ।

Advertisement

सम्युक्त वक्तब्य जारी गरे लगत्तै अध्यक्ष ठाकुरले संसद सचिवालयमा जसपाकाे दलकाे नेता राजेन्द्र महताे चुनिएकाे पत्र पठाएका थिए । साे पत्रमा ठाकुरकाे एकल हस्ताक्षर छ ।

त्यसपछि रिसाएका उपेन्द्र यादवले संसद सचिवालयलाई अर्काे पत्र पठाउदै हालसम्म जसपाकाे संसदीय दलकाे नेता चयन नभएकाे बताएका छन् । उनले संसदीय दलकाे विधान कार्यकारिणीबाट अनुमाेदन नभएकाे भन्दै कसैले कसैलाई संसदीय दलकाे नेता भनेर पत्र पठाएकाे छ भने पनि त्यसलाई वैधता नदिन आग्रह गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया