भूकम्प अपडेटः ७ घर भत्किए, ३ घाइते

समाधान संवाददाता २०७८ जेठ ५ गते ६:३८

घर भत्किदा घाइते भएकी महिला

समाधान संवाददाता, पाेखरा ।

बुधबार विहानै लमजुङ केन्द्रविन्दु भएर गएकाे भूकम्पले ठुलाे क्षति नपुर्याएकाे जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएकाे छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगा थापाले समाधानलाई दिएकाे जानकारी अनुसार अहिलेसम्म ७ घरमा क्षति पुगेकाे छ भने ३ जना घाईते भएका छन् । घाइतेकाे स्थानीय अस्पताल मै उपचार भएकाे छ ।

लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा गएकाे भूकम्पकाे म्याग्निच्युड ५.८ भएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ ।

Advertisement
भुकम्पले भत्काएकाे घर ।

भूकम्पको धक्का पाेखरा, गाेरखा, धादिङ, काठमाडौँ उपत्यकासहितका क्षेत्रमा महशुस भएको थियो । थप विवरण आउन बाँकी छ ।व८ा नचनमा

११ रामचाेक बेसी

तपाईको प्रतिक्रिया