ताउतेको प्रभावले कस्तो होला आजको मौसम ?

समाधान संवाददाता २०७८ जेठ ५ गते ७:४६

काठमाडौँ – देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको आसपासमा रहेको चक्रवात ‘ताउ–ते’को प्रभावले मौसम बदली भएको हो ।

अहिले प्रदेश २ र प्रदेश १ मा आंशिक बदली रहेको छ । बाँकी भू९भागमा सामान्यदेखि पूर्ण बदली रहेको मौसमविदले बताएका छन् । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया