भुकम्प अपडेटः २७ घरमा क्षति, १ जना चितवन लगियो
समाधान संवाददाता
२०७८ जेठ ५ गते ११:२६

समाधान संवाददाता,पोखरा
बुधबार बिहानको भुकम्पले लमजुङमा २७ घरमा क्षति पुगेको छ । प्रदेश प्रहरी कार्यालय, गण्डकीका एसएसपी विनोद सिलवालका अनुसार जिल्लाभर २७ घरमा क्षति पुगेको हो ।
यस्तै भुकम्पमा परी ७ जना घाइते भएका छन् । ६ जना अहिले उपचार पछि घर फर्केका छन् । १ जना घाइतेलाई भने चितवन लगिएको जनाइएको छ ।
बुधबार बिहान लमजुङलाई केन्द्रविन्दू बनाएर भुकम्प गएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया