अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्नेलाई कारवाही

समाधान संवाददाता २०७८ जेठ ५ गते १३:०९
FILE - In this April 24, 2021, file photo, a COVID-19 patient inside a car, receives oxygen provided by a Gurdwara, a Sikh house of worship, in New Delhi, India. India’s death toll from COVID-19 has surpassed 200,000 people as a surge has wept the country in recent weeks, a rise rooted in various so-called super-spreader events that were allowed to happen in the months following the autumn when the country had seemingly brought the pandemic under control. (AP Photo/Altaf Qadri, File)

काठमाण्डाैं, रासस ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने गरिएको भए नगर्न÷नगराउन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने गरी कबुलियतनामा गर्ने गरेको पाइएकाले कारवाही गरिने जानकारी दिनुभयो ।

Advertisement

मन्त्रालयले प्राप्त बिरामीको तथ्याङ्कका आधारमा अस्पतालमा अक्सिजन आवश्यकतानुसार उपलब्ध गराएको जनाइएको छ । अस्पतालमा पुगेका अक्सिजन सिलिण्डर अस्पतालको अक्सिजन आपूर्ति प्रणालीमा स्वतः जाने भएकाले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया