गण्डकीमा रेकर्ड ब्रेकः एकैदिन ३० को मृत्यु
समाधान संवाददाता
२०७८ जेठ ५ गते १६:२५
समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा कोरोनाका कारण ३० संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार प्रदेशभर ३० संक्रमितले ज्यान गुमाएका हुन् ।
मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका ८ जना छन् । बागलुङका ७, पर्वत र तनहुँका ५÷५, गोरखा ३ र नवलपुरका २ संक्रमितको निधन भएको हो ।
यसअघि एकैदिन २८ जनाको मृत्यु भएको थियो । गण्डकीमा एकैदिन धेरै मृत्यु हुनेको तथ्यांकमा आज रेकर्ड ब्रेक भएको हो ।
गण्डकीमा कोरोनाका कारण निधन हुनेको संख्या ४२२ पुगेको छ ।
तपाईको प्रतिक्रिया