मुख्यमन्त्रीले राजनीतिक सल्लाहकार नेपाली हटाएर अधिकारी राखे

समाधान संवाददाता २०७८ जेठ ५ गते १६:४०

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक सल्लाहकार हेरफेर गरेका छन् । उनले उक्त पदमा लमजुङ सुन्दरबजारका डा भीष्म अधिकारीलाई नियुक्त गरेका छन् ।

अधिकारीको नियुक्ति सँगै यसअघिका सल्लाहकार गोविन्दबहादुर नेपाली पदमुक्त भएका छन् ।

Advertisement

सल्लाहकार अधिकारी संविधान सभा सदस्य हुन् भने नेपाली नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव छन् ।

Advertisement

तपाईको प्रतिक्रिया