पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

समाधान संवाददाता २०७८ जेठ ५ गते १६:३९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अहिले संघ मातहतमा छ ।

प्रदेश सरकारको आज बसेको पहिलो मन्त्रीपरिषद् बैठकले अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । ‘कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अस्पताल बनाउन संघलाई सिफारिस गरिएको छ,’ बस्नेतले भने ।

Advertisement

४ सय बेडको अस्पताल प्रदेशकै ठूलो अस्पताल हो । अहिले अस्पतालमा ५० बेडमा कोभिडका बिरामी राखेर उपचार भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया