पाेखरा खेलकुद विकास समितिकाे अध्यक्षमा गाेदार

समाधान संवाददाता २०७८ जेठ ५ गते १८:२६

समाधान संवाददाता, पाेखरा ।

पाेखरा महानगर पालिका खेलकुद विकास समितिकाे अध्यक्षमा खेलाडी एवं प्रशिक्षक दीपक बहादुर गाेदार मनाेनयन भएका छन् ।

पाेखरा महानगर पालिकाले महानगर भित्रकाे खेलकुद विकासकाे नेतृत्व गर्ने गरी पाेखरा महानगर विकास समिति गठन गरेकाे हाे ।

Advertisement

गाेदार पहिलाे अध्यक्ष बनेका हुन् । उनलाई पाेखरा महानगरकाे शिक्षा महाशाखा प्रमुख हेमन्त शर्माले अध्यक्षमा मनाेनयन गरिएकाे पत्र हस्तान्तरण गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया