पिएसजीले जित्याे फ्रेन्च कपकाे उपाधि
समाधान संवाददाता
२०७८ जेठ ६ गते ७:५१

एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा मोनाकोमाथि २–० को जित निकाल्दै पिएसजीले पछिल्लो सात वर्षमा छैटौँपटक उपाधि उचालेको हो ।
अवे मैदानमा भएको खेलमा पिएसजीका लागि १९ औँ मिनेटमा आइकार्डी र ८१ औँ मिनेटमा केलियन एमबाप्पे गोल गरेका हुन् । पहिलो गोलका लागि सहयोगका गरेका एमबाप्पेले आफ्नो गोल भने एन्डल डी मारियाको सहयोगमा गरेका हुन् ।
लिग वानको साबिक विजेता पिएसजी अन्तिम चार खेल बाँकी हुँदा शीर्ष स्थानको लिले भन्दा एक अंकले पछि रहेको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया