लिभरपुलकाे च्याम्पियन लिग खेल्ने सम्भावना कायमै

एजेन्सी
इङ्गिलस क्लब लिभरपुलले आउँदो सिजन च्याम्पियन्स लिग फुटबल स्थान बनाउने प्रयासमा महत्वपूर्ण सफलता हात पारेकाे छ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बर्नलीमाथि ३–० को जित निकालेर चौथो स्थानमा उक्लिएको लिभरपुलले अन्तिम त्यहिँ अडिरहने सम्भावना कायम राखेको हो ।
अवे मैदानमा भएको खेलमा लिभरपुलका लाग ४३ औँ मिनेटमा रोबर्टो फिरमिनो, ५२ औँ मिनेटमा फिलिप्स र ८८ औँ मिनेटमा ओक्सलेड–चेम्बरलेनले गोल गरेका हुन् ।
लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्पले बुधबारको जितलाई सेमिफाइनलको जित जस्तै रहेको बताएका छन् । उसले शीर्ष चारमा अटाउनका लागि आउँदो आइतबार लिगको अन्तिम खेलमा क्रिष्टल प्यालेससँग प्रतिस्पर्धा गर्ने छ ।
बुधबारको जितपछि शीर्ष चारमा पुगेको लिभरपुलको ३७ खेलबाट ६६ अंक भएको छ । समान अंक भएको लेस्टर सिटी पाँचौँ स्थानमा झरेको छ ।
बुधबार राति नै भएको खेलमा एस्टन भिल्लासँग २–१ ले पराजित भएको टोटनह्यामको युरोपा लिगमा पर्ने सम्भावना कम भएको छ ।
पराजित टोटनह्याम ३७ खेलबाट ५९ अंकसहित सातौँ स्थानमा छ । वेष्ट ब्रोममाथि ३–१ को जित दर्ता गरेको वेष्ट ह्यामले भने युरोपा लिगको सम्भावना बलियो बनाएको छ । उ ६२ अंकसहित छैटौँ स्थानमा छ ।








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया