डिएसपी केसी रहेनन्

समाधान संवाददाता २०७८ जेठ ६ गते १२:२७

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । कुनै बेला केसी जिल्ला प्रहरी कार्यालय कास्कीमा डिएसपी थिए । उनी ४३ वर्षका थिए ।

प्रहरी अस्पतालमा उपचारको क्रममा केसीको मृत्यु भएको हो । केही दिन होम आइसोलेसनमा बसेका डिएसपी केसीको स्वास्थ्यमा समस्या देखिएपछि प्रहरी अस्पताल भर्ना गरिएको थियो। आइसियुमा राखेर उनको उपचार भइरहेको थियो। उपचारका क्रममै बुधबार राति निधन भएको हो ।

काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानी घर भएका डिएसपी केसी ५८ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । २०६१ सालमा खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया