प्रधानमन्त्री ओलीविरुद्ध आयाेगमा उजुरी

समाधान संवाददाता २०७८ जेठ ६ गते १४:३६
KP Sharma Oli. Post/Photo: Anish Regmi

समाधान संवाददा्ता, पाेखरा ।

प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्ण गाेपाल श्रेष्ठविरुद्ध नेपाली काँग्रेसले निर्बाचन आयाेगमा उजुरी दर्ता गराएकाे छ ।

राष्ट्रियसभा निर्बाचनमा आचारसंहिता मिचेकाे भन्दै उजुरी दर्ता गरिएकाे हाे । निर्बाचनमा माैन अवधि सुरु भैसकेपछि विज्ञप्ति निकालेर प्रचार प्रसा गरेकाे भन्दै उजुरी दिइएकाे छ ।

Advertisement

‘आचारसंहिता विपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको छ’ कांग्रेसले निर्वाचन आयोगलाई दिएको उजुरीमा भनिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया