कास्की कांग्रेस विपतमा जनताको साथमा रहने

समाधान संवाददाता, पोखरा
कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिबद्धतासहित कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली कांग्रेस कास्कीले छलफल सुरु गरेको छ । कास्कीका ६ वटै प्रदेश सभाका नेता तथा कार्यकर्तासँगै छलफल गरी विपत्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा निर्णय गरिने कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।
अहिलेको कोराना महामारी र वर्षा मौसयामसँगै हुन सक्ने बाढीपहिरो जस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई कसरी सहयोग र राहत दिन सकिन्छ भनेर कास्की कांग्रेस गम्भीर रुपमा छलफलमा जुटेको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले बताए ।
कास्की कांग्रेसले बिहीबार नेपाली कांग्रेस क्षेत्र नं १(क) कास्कीबाट छलफल सुरु गरेको छ । ‘कास्की कांग्रेसका सभापति कृष्ण केसीको पहलमा छलफल सुरु भएको छ, कास्की कांग्रेसका प्रवक्ता सिग्देलले भने, छलफलबाट प्राप्त सुझावका आधारमा जिल्ला कार्यसमितिको बैंठकले आवश्यक निर्णय गर्ने छ ।’
छलफलमा नेपाली कांग्रेका पूर्व महामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्य जीवन परियार, पूर्व मन्त्री यज्ञ बहादुर थापाले जिम्मेबार पार्टी जनतालाई समस्या पर्दा सहयोगमा जुट्नुपर्ने भन्दै कास्की कांग्रेसले कोरोना महामारीको समयमा प्रशंसनीय कार्य गर्दै आएको बताए ।
यसअघि वैशाख २६ गतेको जिल्ला कार्यसमितिको बैठकले कोरोना संक्रमित विरामीको सहजताका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जेठ १ गतेदेखि एम्बुलेन्सले सेवा दिइरहेको छ । एम्बुलेन्स सेवाका लागि कास्की कांग्रेसका सचिव देवेन्द्र रानाभाटको मोवाइल नम्बर ९८४६०२६७६६ र मुख्य कार्यालय सचिव विजयराज अधिकारीको मोवाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गर्न सकिने छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया