राष्ट्रियसभा निर्बाचनमा एमालेकाे पराजयः बादल ४०१४, देवकाेटा ५०८८

समाधान संवाददाता २०७८ जेठ ६ गते १७:३५

समाधान संवाददाता, पाेखरा ।

राष्ट्रिय सभा सदस्यका लागि भएकाे निर्वाचनमा नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन् ।

उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेका माधवकुमार नेपाल पक्षधरकाे समर्थनमा स्वतन्त्र उम्मेद्वार खिमलाल देवकाेटाले पराजित गरेका हुन् ।

Advertisement

माधव नेपाल समर्थक देवकाेटाले ५०८८ मतभार प्राप्त गर्दा बादलले ४०१४ मत मात्र प्राप्त गरे ।

नेपाल पक्षधरले बादललाई भाेट दिएकाे भए उनी सहजै जित्ने अवस्था थियाे । तर माधव नेपाल पक्षकै देवकाेटा उम्मेदवार भएकाे र उनलाई नेपालले नै उठाएकाे भन्दै नेपाल पक्षका जनप्रतिनिधिले देवकाेटालाई मतदान गरेपछि बादल पराजित भएका हुन् ।

Advertisement

गृहमन्त्री समेत रहेका बादल विहीबार नै सर्बाेच्चकाे आदेशबाट पदमुक्त भएका थिए । उनी पुन मन्त्री बन्नका लागि राष्ट्रियसभामा जित्नै पर्ने बाध्यता थियाे । याे पराजयसँगै उनकाे मन्त्री बन्ने बाटाे तत्कालका लागि बन्द भएकाे छ ।

तपाईको प्रतिक्रिया