भूकम्पबाट कास्कीमा पनि घाइते

समाधान संवाददाता २०७८ जेठ ६ गते १८:५०

लमजुङ केन्द्र भइ बुधबार गएको भूकम्पको कास्कीमा पनि असर परेको छ । बुधबार ०५:४० बजेको समयमा आएको भूकम्पका कारण जिल्ला कास्की रुपा गाउँपालिका-५ खडागाँउ स्थित १ घरमा क्षति भएको, मानवीय तथा पशुचौपाय क्षति नभएको, रुपा गाउँपालिका-०३
मा १ जना भाग्ने क्रममा घाइते भएको, अवस्था मध्यम रहेको, अन्य
विवरण बुझ्ने कार्य भइरहेको भन्दै कास्की प्रहरीले बिहीबार जनाएको छ ।

तपाईको प्रतिक्रिया