सांसद किसानले दिए तनहुँका ३ अस्पताललाई अक्सिजन सिलिण्डर
समाधान संवाददाता
२०७८ जेठ ६ गते १९:००

दमाैली, रासस ।
सांसद कृष्णकुमार श्रेष्ठले तीन अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको छ । भानुस्थित पुरनडिही , बन्दीपुरस्थित बन्दीपुर र व्यासस्थित दमौली अस्पताललाई आज पाँच÷पाँच अक्सिजन सिलिन्डर हस्तान्तरण गरिइएको हो ।
दमौली अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले प्राप्त अक्सिजनले सङ्क्रमितको उपचारका लागि सहयोग पुग्ने बताउनुभयो ।
पुरनडिही अस्पतालका डा सुरज श्रेष्ठ, भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे, बन्दीपुर अस्पतालमा अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङ, डा. मनिष श्रेष्ठ लगायतको सहभागिता थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया