राष्ट्रपतिकाे आव्हानः भाेलि साँझ ५ बजेसम्म प्रधानमन्त्री दावी गर्नु
समाधान संवाददाता
२०७८ जेठ ६ गते २०:११
समाधान संवाददाता, पाेखरा ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीकाे दावी पेश गर्न जम्मा १ दिनकाे समय दिएकी छन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्दै भालि साँझ ५ बजे भित्र दावी पेश गर्न भन्दै सूचना जारी गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी हुन् ।
प्रधानमन्त्रीकाे पत्र पुगे लगत्तै राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै भोलि जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया