इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

समाधान संवाददाता २०७८ जेठ ७ गते ६:४६

एजेन्सी

Advertisement

११ दिनदेखिकाे हिँसा स्थगित गर्दै इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ।

स्थानीय समय अनुसार दुई देशबीचको सहमतिपछि शुक्रबार बिहान २ बजेदेखि लागू हुने गरी युद्धविराम भएको छ ।

Advertisement

अहिले अन्तरािष्ट्रिय समाचार एजेन्सीहरुले यसलाई प्रमुख प्राथमिकताका साथ प्रसारण गरिरहेका छन् ।

इजरायलको मन्त्रिपरिषद्ले युद्धविरामको प्रस्तावलाई स्वीकार गर्ने निर्णय गरेपछि शान्ति सम्भव भएकाे हाे ।

Advertisement

इजरायललाई भित्रिरुपमा समर्थन गरिरहेकाे अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामप्रति खुशी व्यक्त गरेका छन्।

मे १० देखि सुरु भएको हिंसाका कारण हमास नियन्त्रणको गाजामा १०० भन्दा बढि महिला तथा बालबालिकासहित अहिलेसम्म कम्तीमा २२७ जनाको ज्यान गएको छ ।

इजरायलले मारिने मध्ये कम्तीमा १५० जना हमास लडाकु रहेको दाबी गरेको छ। तर हमासले अहिलेसम्म आफ्ना लडाकु कति मारिए भनेर कुनै तथ्यांक दिएको छैन।

इजरायलतर्फ दुई बालबालिकासहित १२ जनाको ज्यान गएको बताइएको छ।

तपाईको प्रतिक्रिया