सबै विकल्पमा जाने कांग्रेस निर्णय

समाधान संवाददाता २०७८ जेठ ७ गते ११:२०

समाधान संवाददाता, काठमाडौं

नेपाली कांग्रेसले सबै दलसँग छलफल गरेर सबै विकल्पमा जाने निर्णय गरेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले त्यस्तो निर्णय गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले बताएका छन् ।


संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष छ । प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष पनि कांग्रेसले निकालेको छ । प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको कांग्रेसको ठहर छ । बैठकपछि सहमहामन्त्री डा. महतले भने, ‘यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं ।’

Advertisement

सभापति शेरबहादुर देउवा निवास वुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले अबको कदमबारे सबै दलहरुसँग छलफल गरेर निर्णय गर्ने उपसभापति विमलेन्द्र निधिले बताएका छन् ।

’अबको कसरी अघि बढ्ने भन्नेबारे निर्णय गर्न सर्वदलीय बैठक बोलाउने निर्णय भएको छ’, निधिले भने, ’कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चासहितको बैठक अहिले ११ः३० मा बस्दैछौं।’

Advertisement

तपाईको प्रतिक्रिया