व्यवसायी रुपनारायण भुजेलको निधन

समाधान संवाददाता २०७८ जेठ ७ गते १४:५९

समाधान संवाददाता, पोखरा
कोभिडको चरम लडाइँमा भएको कारण फोन उठाउन नसकेकोमा क्षमा चाहन्छौं । सम्पूर्ण देश विदेश र स्वदेशमा आशीर्वाद, ऊर्जा, साहस सद्भाव र हौसलाले हामी छिटै नै कोरोनालाई परास्त गरी फर्कनेछौं ।
६ दिनअघिमात्रै फेसबुकमा यस्तो सन्देश लेखेका व्यवसायी रुपनारायण भुजेलको निधन भएको छ । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । चितवन स्थायी घर भएका भुजेल लामो समयदेखि पोखरामा बसेर व्यवसाय गर्दै आएका थिए । ५८ वर्षका भुजेल मदिरा व्यवसायी संघ पोखराका निवर्तमान अध्यक्ष हुन् । ३ वर्षअघिमात्रै उनको मिर्गाैला प्रत्यारोपण भएको थियो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए ।

कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका भुजेल ३ दिनअघि अस्पताल भर्ना भएका थिए । स्वर्गीय भुजेलका श्रीमती र २ छोरा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया