संक्रमणबाट मृत्यु हुने ६ हजार नाघे

समाधान संवाददाता २०७८ जेठ ७ गते १८:३७

समाधान संवाददाता, काठमाडौं

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्योक्यगतजधभकतभचलःबकप
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । शुक्रबार १७७ संक्रमितको मृत्यु भएसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको हो ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ६ हजार २४ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा दोस्रो लहर सुरु भएपछि संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढेको हो ।

Advertisement

त्यस्तै, आज देशभर ८ हजार ६०७ जनामा कोरोना पुष्टि भएको छ भने आज ७ हजार ८९० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज २३ हजार २२६ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । आज देशभर १ लाख १६ हजार १९२ सक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया