संसद विघटन, मध्यावधि निर्बाचनकाे घाेषणा

समाधान संवाददाता, काठमाण्डाैं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातपछाडि प्रतिनिधिसभा भंग गर्नुका साथै मध्यावधि चुनाव घोषणा गरेकी छन्।
मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा भंगका साथै मध्यावधि निर्वाचनको मिति सिफारिस गर्ने निर्णय गरेको थियो।
मध्यरात मै बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हाे । बैठकले आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेकेा छ ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार निर्माण हुन नसकेको दाबी गर्दै सरकारले संसद भंग र मध्यावधि चुनाव गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
राष्ट्रपति भण्डारीले सरकार बनाउन केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले राष्ट्रपतिसमक्ष पेश गरेको दलिल मान्न नसकिने जिकिर गर्दै शुक्रबार मध्यरातमा विज्ञप्ति जारी गरेकी थिइन्।










गण्डकको सेयर पुँजी पौने ३ करोड
हिउँ चितुवाको सर्वेक्षण सुरु
पोखरा–२१ मा सुन्तला महोत्सव गते
सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया