कांग्रेसकाे बैठक बस्दै, भन्याेः चुनाव गर्नका लागि मिति घाेषणा गरिएकाे हैन

समाधान संवाददाता २०७८ जेठ ८ गते ७:४३

समाधान संवाददाता, काठमाण्डाैं ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्बाचन गराउने नियतका साथ मध्यावधि निर्बाचनकाे मिति घाेषणा नगरिएकाे दावी गरेका छन् ।

उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानकाे धज्जी उडाएकाे बताएका । यस विषयमा थप छलफल गर्न शनिबार कांग्रेसकाे बैठक बस्ने जानकारी पनि शर्माले दिएका छन् ।

यसअघि जेठमा मध्यावधि निर्बाचन घाेषणा गरिएकाे स्मरण गर्दै शर्माले काेराेना महामारीकाे याे अवस्थामा निर्बाचन हुन सम्भव नभएकाे बताएका छन् । त्यस्तै मंसिरमा पनि तेश्राे लहरकाे कुरा छ, याे निर्बाचन गर्नका लागि घाेषणा गरिएकाे मिति हाेइन– उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया