विपक्षी गठबन्धनकाे बैठक बस्दै, फेरि रिट हाल्ने तयारी

समाधान संवाददाता २०७८ जेठ ८ गते १०:४३

समाधान संवाददाता, काठमाण्डाैं ।

प्रतिनिधि सभा विघटन र मध्यावधि निर्बाचन घाेषणाकाे विरुद्धमा विपक्षी ५ दलले माेर्चाबन्दी गर्ने तयारी गरेका छन् ।

नेपाली कांग्रेसका पदाधिकारीहरुकाे बैठक सकिए लगत्तै नेताहरुले दिएकाे जानकारी अनुसार दिउसाे ११ बजेपछि सिंह दरबारमा विपक्षी गठबन्धनकाे सम्युक्त बैठक बस्न लागेकाे छ ।

Advertisement

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल समुह, जसपाकाे उपेन्द्र बाबुराम समुह र जनमाेर्चा सहभागी हुने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले बताएका छन् ।

विपक्षी दलकाे छलफल फेरि पनि विघटित प्रतिनिधि सभा ब्युझाउने तर्फ नै केन्द्रित हुने बताइएकाे छ ।

Advertisement

रामचन्द्र पाैडेल, माधव नेपाल, बाबुराम भट्टराई लगायतले सम्युक्त लडाई लड्न आव्हान गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया