संसद विघटनको स्वागत गर्दै जसपा सरकारमा जाने

समाधान संवाददाता, काठमाडौं
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गरेको संसद विघटनको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले स्वागत गरेको छ ।
जसपा नेता नेता सर्वेन्द्रनाथ शुक्लाले ताजा जनादेशमा जानुपर्ने बताए र प्रतिनिधि सभा विघटनको पक्षमा आफ्नो पार्टी रहेको खुलाएका छन् ।
आफ्ना माग पूरा गर्दै गएकाले सरकारमा सहभागी हुने पनि जसपाका नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले छलफल सुरु गरेका छन् । उनीहरुले आजै शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछन् ।
८ देखि १० वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने र उपप्रधानमन्त्री पनि लिने जसपा ठाकुर महतो पक्षको तयारी रहेको उक्त पार्टी स्रोत बताउँछ । हालै रिक्त भएका ७ मन्त्रालयमा जसपाको दाबी छ ।
पूर्वमाओवादीका नेताहरूले सम्हालेका गृह, ऊर्जा, उद्योग, सहरी, खानेपानी, श्रम, युवा तथा खेलकुद लगायत मन्त्रालय अहिले रिक्त छन् । सर्वाेच्चको आदेशले ती मन्त्रालयका मन्त्रीहरुको पदमुक्ति भएको थियो ।








हिउँ चितुवाको सर्वेक्षण सुरु
पोखरा–२१ मा सुन्तला महोत्सव गते
सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया