एनवाइइफएमा भट्टराई

समाधान संवाददाता, पोखरा
युवा उद्यमी सुनीलबहादुर भट्टराई नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ),पोखराको अध्यक्ष चुनिएका छन् । पूनित वैद्य निवर्तमान अध्यक्ष, सुयास मल्ल प्रेसिडेन्ट इलेक्ट, नीरन केसी प्रेसिडेन्ट नोमिनी, इन्जिनियर विशेष थापा प्रोग्राम चेयर, समेज राजभण्डारी फाइनान्स चेयर भएका छन् । सदस्यमा इन्जिनियर सरोज कायस्थ, सिए विवेक श्रेष्ठ, निकेश द्वा, हर्षल बिजुक्छे, दीशान्त शेरचन र सागर भट्टराई छन् ।
१६ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट उनीहरुको मञ्चको पदाधिकारी र सदस्य चुनिएका हुन् । शुक्रबार निर्वाचित उनीहरुको कार्यकाल सन् २०२१-०२२ सम्म हो । मञ्च अध्यक्ष पूनित वैद्यको अध्यक्षतामा भर्चुअल रुपमा भएको कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च नेपालका केन्द्रीय अध्यक्ष प्रकाशदेव पालिखेले केन्द्रको साथ रहने प्रतिबद्धता व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष भट्टराईले धेरैभन्दा धेरै युवा उद्यमी मञ्चमा समेटेर जाने बचनबद्धता जनाए । भर्चुअल साधारण सभामा एक सय बढी युवा उद्यमी सहभागी थिए ।








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया