एमाले वागमतीका १४ सांसदलाई कारवाही गर्ने तयारी

समाधान संवाददाता २०७८ जेठ ८ गते १४:४७

समाधान संवाददाता, काठमाण्डाैं ।

नेकपा एमाले वागमती प्रदेश सभाका माधव नेपाल पक्षीय १४ जना प्रदेश सांसदलाई कारवाही प्रकृया अघि बढेकाे छ ।

एमाले उमेद्वार रामबहादुर थापालाई मतदान नगरेर पराजित गर्न भूमिका खेलेका भनिएका १४ जना सांसदमाथि कारवाही प्रकृया अघि बढेकाे हाे । आज बसेकाे वागमती प्रदेश संसदीय बाेर्डकाे बैठकले आज साँझ ५ बजेसम्मकाे समय दिएर स्पष्टीकरण साेधिएकाे छ ।

Advertisement

अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल लगाएतका १४ जना प्रदेश सांसदलाई तपाईहरुलाई किन कारवाही नगर्ने भनेर प्रश्न साेधिएकाे छ ।

यिनै साँसदले मत नदिएका कारण बादल पराजित भएकाे एमाले नेतृत्वकाे ठहर छ । बैठक संसदीय दलका नेता एवं मुख्यमन्त्री डाेरमणि पाैडेलकाे अध्यतामा बसेकाे थियाे ।

Advertisement

तपाईको प्रतिक्रिया