सुकीको पार्टी खारेज गर्ने म्यान्मारको निर्वाचन आयोगको तयारी

म्यान्मार (रासस÷एएनआई)
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने संभावना देखिएको छ । सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो । गत बर्ष भएको निर्वाचनमा जालसाझी गरेको आरोप लगाउदै सो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ ।
सेनाद्धारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग राजधानीमा शुक्रबार भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफुहरुले विचार गरिरहेको जानकारी दिनुभएको हो । “सो पार्टीले अरु पनि अवैधानिक कामहरु गरिरहेकाले त्यो पार्टी विघटन हुनसक्छ,” उहाँले बैकमा भन्नुभयो । गत बर्षको नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले ८३ सिटमा जित हासिल गरेको थियो ।
त्यस निर्वाचनलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउदै आएको थियो । त्यतिबेलाको निर्वाचन धाँधलीपूर्ण भएकाले फेरि अर्को निर्वाचन गर्नुपर्ने भन्दै म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएको छ । म्यानमारमा सेनाले शिर्ष नेताहरुलाई बन्दक बनाउदै सत्ता नियन्त्रणमा लिएर अहिले आफै शासन गरिरहेको छ । गत फेब्रअरी १ मा सेनाले शासन हातमा लिएपछि त्यसको विरोधमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया