कास्कीका ११ सहित पछिल्लाे २४ घण्टामा गण्डकीमा २१ जनाकाे मृत्यु

समाधान संवाददाता २०७८ जेठ ८ गते १८:३०

समाधान संवाददाता, पाेखरा ।

पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा २१ जनाकाे मृत्यु भएकाे छ । ती मध्ये १ जनाकाे हाेम आइशाेलेसन मै मृत्यु भएकाे र २० जनाकाे उपचारका क्रममा विभिन्न अस्पतालमा निधन भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

मृतक मध्ये ११ जना कास्कीका छन् भने ६ जना स्याङ्जाका रहेका छन् । यस्तै म्याग्दी, तनहुँ, पर्वत र रुपन्देहीका एक एक जनाले ज्यान गुमाएका छन् ।

Advertisement

निर्देशनालयका अनुसार पछिल्लाे २४ घण्टमा ५१४ जना काेराेना संक्रमणबाट मुक्त भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया