पोखरामा नेविसंघले गर्यो राँके जुलुश
समाधान संवाददाता
२०७८ जेठ ८ गते १९:४७

प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै नेविसंघ आवद्ध विद्यार्थी नेता कार्यकर्ताले शनिबार साँझ पोखराको न्युरोडमा राँके जुलुश निकालेका छन् । जुलुशमा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनकारीलाई तितरवितर पार्दै प्रहरीले राँकाहरु निभाएको थियो ।
नेविसंघका पूर्व केन्द्रीय सदस्यद्वय सरोज केसी र भानु ढकालका नेताले जुलुशको अगुवाइ गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया