मेस्सीविहीन बार्सिलाेनाकाे जित

समाधान संवाददाता २०७८ जेठ ९ गते ६:३१

एजेन्सी

स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोना विजयी भएको छ । शनिबार रातिको खेलमा एइबरलाई १–० ले पराजित गरेको बार्सिलोना तेस्रो स्थानमा रह्यो ।

अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन ८१ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेका हुन् । यो खेलमा लियोनल मेस्सीसहितका केही स्टार खेलाडी उपस्थित थिएनन् ।

Advertisement

मेस्सीलाई कोपा अमेरिकाअघि आरामको समय दिइएको हो । जित निकालेको बार्सिलोना ७९ अंकसहित तेस्रो स्थानमा रह्यो । उ विजेता बनेको एथ्लेटिको मड्रिड भन्दा सात अंकले पछि रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया