जनमाेर्चाका कृष्ण थापा पार्टी सदस्यबाट निलम्वित, सांसद भने कायमै

समाधान संवाददाता २०७८ जेठ ९ गते ६:५७

समाधान संवाददाता, पाेखरा ।

राष्ट्रिय जनमाेर्चाका प्रदेश सभा सदस्य कृष्ण थापालाई पार्टीकाे साधारण सदस्यबाटै निलम्बन गरिएकाे छ ।

शनिबार काठमाण्डाैंमा बसेकाे केन्द्रीय कार्य समितिकाे बैठकले केन्द्रीय सदस्य समेत रहेका थापालाई पार्टीकाे साधारण सदस्यबाटै निलम्बन गरेकाे हाे । उनलाई १ बर्षका लागि निलम्बन गरिएकाे महासचिव मनाेज भट्टले जानकारी दिए ।

Advertisement

अहिले साधारण सदस्यबाट समेत निलम्बन गरेपनि सांसद पद भने कायमै रहेकेा महासचिव भट्टले जानकारी दिए ।

थापाले आगामी दिनमा पनि पार्टी निर्णय नमानेमा थप कारवाही हुने समेत बताए ।

Advertisement

पार्टीकाे निर्देशन नमानेर गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बन्नबाट राेकेका थापासंग केन्द्रीय नेतृत्व रुष्ट थियाे ।

तपाईको प्रतिक्रिया