कांग्रेस नेता घिमिरेकाे पत्र देउवालाईः प्रधानमन्त्री दावी गरेर भुल गर्नु भयाे, याे कलंक हाे

समाधान संवाददाता २०७८ जेठ ९ गते ७:२८

समाधान संवाददाता, पाेखरा ।

नेपाली कांग्रेसका पाका नेता लक्षम घिमिरले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दावी गर्नु दलीय व्यवस्थामा कलंक भएकाे टिप्पणी गरेका छन् ।

समाजिक सञ्जालमा सभापति देउवालाई सम्बाेधन गर्दै लेखिएकाे पत्रमा उनले नेकमा एमाले विभाजन नभैकन तपाई कसरी प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न मिल्छ भनि प्रश्न गरेका छन् ।

Advertisement

याे ठुलाे राजनैतिक भुल हाे भन्दै घिमिरले संसदीय परिपाटीमा विश्वास राख्ने कांग्रेसले निर्दलीय चरित्रलाई प्रसय दिनु आफैमा कलंक पनि हाे ।

यसैलाई नजीर बनाएर भाेलिका दिनका कांग्रेसका सांसदलाई कसैले प्रयाेग गरे के जवाफ दिने– उनले प्रश्न गरेका छन् । उनले ०५० सालमा कांग्रेस मै ३६ से प्रकरणले देशलाई मध्यावधिमा धकेलेपछि बिग्रिएकाे राजनीतिले अझै स्थिरता पाउन नसकेकाे पनि स्मरण गराएका छन् ।

Advertisement

उनकाे पाेष्ट जस्ताकाे तस्तै–

तपाईको प्रतिक्रिया