दीपक मनाङेले लिए मन्त्री पदकाे सपथ

समाधान संवाददाता २०७८ जेठ ९ गते १२:५७

समाधान संवाददता, पाेखरा ।

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ अर्थात दीपक मनाङेले मन्त्री पदकाे सपथ लिएका छन् । उनलाई आइतबार गण्डकी प्रदेश प्रमुख सिताकुमारी पाैडेलले पद तथा गाेपनीयताकाे सपथ दिलाएकी हुन् ।

गत विहीबार दाेश्राे पटक मन्त्री नियुक्त भएका मनाङे त्यसदिन पाेखरा बाहिर भएकाले सपथ लिनबाट बञ्चित भएका थिए ।

Advertisement

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई युवा तथा खेलकुद मन्त्रालयकाे जिम्मेवारी दिएका छन् । मनाङेले दाेश्राे पटक मन्त्रीकाे सपथ लिएका हुन् ।

पहिलाे पटक मन्त्री बनेकाे ११ दिनमै मुख्यमन्त्री राजीनामा गरेपछि पदमुक्त भएका मनाङलेलाई मुख्यमन्त्री गुरुङले पुन साेही जिम्मेबारी दिएका हुन् ।

Advertisement

गण्डकी प्रदेश सभामा सबै भन्दा ठुलाे दलकाे नेताकाे हैसियतमा दाेश्राे पटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले मन्त्रिमण्डल बिस्तार गर्दा पुरानै मन्त्रीहरुलाई दाेहाेर्याएका छन् ।

तपाईको प्रतिक्रिया