विपक्षीकाे गठबन्धन रिटमा हस्ताक्षर गर्दै, प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्दै
समाधान संवाददाता
२०७८ जेठ ९ गते १४:१२

समाधान संवाददाता, पाेखरा ।
प्रधानमन्त्री र राष्ट्रपतिकाे कदमलाई असंवैधानिक भन्दै त्यसकाे विरुद्धमा कानुनी लड्ने तयारी गरेका विपक्षी दलकाे गठबन्धनले रिट तयार पारिसकेका छन् ।
सिंह दरबारकाे ल्हाेत्से हलमा अहिले रितमा सांसदहरुले हस्ताक्षर गर्दैछन् । उनीहरुले हस्ताक्षर गरेपछि रिट दर्ता गर्नेछन् ।
उता प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बालवाटार स्थित प्रधानमन्त्रीकाे निबासमा पत्रकार सम्मेलन गरिरहेका छन् ।
उनले पत्रकारहरुलाई पछिल्लाे राजनैतिक घटनाक्रम र काेराेना महामारीका बारेमा ब्रिफिङ गरिरहेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया