संसद विघटनविरुद्ध विपक्षी दल भाेलि मात्रै सर्बाेच्च जाने

समाधान संवाददाता २०७८ जेठ ९ गते १५:२५

समाधान संवाददाता, काठमाण्डाैं।

प्रतिनिधि सभा विघटन र निर्बाचन घाेषणाकाेविरुद्धमा कानुनी लडाइ लड्ने तयारी गरेका विपक्षी गठबन्धन भाेलि मात्रै रिट लिएर सर्बाेच्च अदालत जाने भएका छन् ।

माओवादी नेता वर्षामान पुनका अनुसार आज समय अपुग भएका कारण भाेलि १० देखि ११ बजेभित्र रिट दायर गर्ने जानकारी दिए ।

Advertisement

सांसदहरुले व्यक्तिगत तवरले मुद्दा दायर गर्ने तयारी गरेका छन् ।

रिटमा कांग्रेस, माओवादी केन्द्र सहित नेकपाका माधव नेपाल पक्षीय १८ जना हस्ताक्षर गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया